हरेक सानातिना समस्यामा औषधि खानु हुन्छ ? यो पढ्नुस् !

काठमाडौँ : सन् २०५० सम्ममा विश्वभरमा करिब ४ करोड मानिसको एन्टीबायोटिक–रेसिस्टेन्ट इन्फेक्शनका कारण मृत्यु हुन सक्ने जनरल मेडिकल जर्नल ‘द ल्यान्सेट’ले प्रकाशित गरेको एक अध्ययनले देखाएको छ । त्यसपछिका दशकमा यसका कारण मर्नेको सङ्ख्या झनै बढ्नेछ पनि अध्ययनमा भनिएको छ ।

 ‘यो एउटा निकै ठुलो समस्या हो, अनि यो लामो समयसम्म रहनेछ,’ अध्ययनका वरिष्ठ लेखक तथा वासिङ्टन विश्वविद्यालयमा इन्स्टिच्युट फर हेल्थ म्याट्रिक्स एन्ड इभ्यालुएशनका निर्देशक क्रिष्टोफर जे. एल. मरेले भनेका छन् । 

dashain shuvakamana
Discovery School

एन्टिबायोटिक प्रतिरोधी क्षमताका कारण साधारण सङ्क्रमणलाई पनि निको पार्न निकै गाह्रो हुने चेतावनी यस अध्ययनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले दिएका छन् । वृद्ध र वयस्कहरू एएमआर (एन्टी माइक्रोबायल रेसिस्टेन्स)का कारण हुने मृत्युबाट असमान रूपले प्रभावित हुने र उनीहरूमा सङ्क्रमणको खतरा पनि धेरै हुने अध्ययनमा भनिएको छ ।

एन्टी बायोटिकको अत्यधिक प्रयोगकाका कारण कुनै पनि ब्याक्टेरिया, भाइरस र परजिवीमा सो औषधिको असर नहुने अवस्था एएमआर हो । सन् १९९० देखि सन् २०२१ को बीचमा एएमआरका कारण बर्सेनि १० लाखभन्दा धेरै मानिसको मृत्यु भइरहेको अध्ययनका क्रममा पाइएको छ । आगामी समयमा मृत्युको दर थप बढ्न सक्ने बताइएको छ । आगामी २५ वर्षका यसका कारण ३ करोड ९० लाख मानिसहरूको मृत्यु हुने सक्ने अध्ययनका मुख्य लेखकले भनेका छन् । यो भनेको हरेक मिनेट तीन मृत्यु बराबर हो ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार