उद्यमशीलता प्रवर्द्धन गर्न कर्जा सुरक्षण अत्यावश्यक

काठमाडौ : उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक) को ३६ औँ सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महìवपूर्ण हुने धारणा राखेका हुन् ।

दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले नेपालमा निकै कम १८ प्रतिशतले मात्र बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिने गरेको जानकारी दिए ।

dashain shuvakamana
Discovery School

बैङ्क तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उनको धारणा थियो । महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उनको भनाई छ ।

सम्मेलनमा नवप्रवर्तनमा लगानी स् कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सत्रका सहभागीले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए ।

कोरिया कर्जा सुरक्षण कोष (कोडिट )अध्यक्षका नीति सल्लाहकार जुङ्गिन योनले कोडिटले नयाँ सोच र योजना भएका तर वित्तीय रूपमा अप्ठ्यारोमा परेका उद्यमीमा लगानी गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार