पहिलो टेस्टमा बङ्गलादेशविरुद्ध भारतको जित

एजेन्सी : भातरले बङ्गलादेशविरुद्धको पहिलो टेस्टमा जित हात पारेको छ। भारतको चेन्नईमा भएको पहिलो टेस्ट म्याचमा भारतले बङ्गलादेशलाई २८० रनले पराजित गरेको हो।

भारतीय टीमले बङ्गलादेशलाई दोस्रो पारीमा २३४ रनमा अलआउट गर्दै जित हात पार्यो। भारतका लागि सबैभन्दा बढी ६ विकेट आर. अश्विनले लिए भने रवीन्द्र जडेजाले ३ र जसप्रीत बुमराहले १ विकेट हात पारे।

dashain shuvakamana
Discovery School

भारतले पहिलो पारीमा ३७६ रन बनायो। जसको जवाफी ब्याटिङ्गमा बङ्गलादेश पहिलो पारीमा १४९ रनमा अलआउट भयो। त्यसपछि दोस्रो पारीमा भारतीय टीमले २८७ रनको पारी घोषणा गरेर ५१५ रनको लक्ष्य बङ्गलादेशलाई दिएको थियो।

अब भारत र बङ्गलादेशबीचको दोस्रो टेस्ट २७ तारिखमा सुरु हुनेछ। त्यसपछि दुबै टीमबीच ३ खेलको टी–२० हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार