आदिवासी ज्ञानलाई भूउपग्रह प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छ : मन्त्री पाण्डे

काठमाडौं  : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धि जस्ता प्राकृतिक प्रकोप बढीरहेकाबेला हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरुले तीनको सामान गर्न हामीलाई शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाल लगायतका संस्थाले आइतबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको प्रकोप र जलवायु परिवर्तनको सन्दर्भमा समुदायको सहनशीलता निर्माणमा अमूर्त सांस्कृतिक सम्पदाको भूमिका विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन मन्तव्यका क्रममा उनले  सो कुरा बताए  ।

dashain shuvakamana
Discovery School

परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेरपूर्व तयारी, न्यूनीकरण, र अनुकूलनका रणनीतिहरू विकास गर्न सकिने उल्लेख गर्दै बाढीको अवस्थाबारे आदिवासी ज्ञानलाई भू९उपग्रह प्रविधिसँग जोडेर सटिक रुपमा पूर्वसूचना प्रदान गर्न सकिने बताएका छन्  ।

सम्बोधनका क्रममा मन्त्री पाण्डेले अहिलेको विश्व गम्भीर रूपान्तरणको अवस्थामा रहेको र जलवायु परिवर्तन अब कुनै टाढाको खतरा नभइ वर्तमान अवस्थाको वास्तविकता भएको उल्लेख गर्दै यसबाट समाजले बारम्बार बाढी, डढेलो, खडेरी र समुन्द्र सतह बृध्दि जस्ता प्रकोप झेल्नु परिरहेको र सम्वेदनशील क्षेत्रका समुदायहरू यी जोखिमको अग्रभागमा रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार