काठमाडौं : काठमाडौं म्याराथनको १६औं संस्करण यही असोज १२ गते हुने भएको छ।
काठमाडौं म्याराथन आयोजक कमिटीले जनाएअनुसार काठमाडौं म्याराथनमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजारभन्दा बढी सहभागी हुनेछन्।
काठमाडौं म्याराथनका प्रतियोगिताका लागि एक सय ७० धावकले नाम दर्ता गराइसकेको आयोजक जनाएको छ।
हाफ म्याराथनमा भने अहिलेसम्म पाँच सय ५० धावक सहभागी हुने टुङ्गो लागेको उहाँलेउनले जानकारी दिए ।
यस्तै सरकारी र निजीतर्फका ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुला दौडमा प्रतिस्पर्धा गर्नेछन् ।
फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ । म्याराथन र हाफ म्याराथन दुवैमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुने पनि आयोजकले बताएका छन् ।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्