सुदूरपश्चिम सरकार चोर, योजना किनबेच भए : राप्रपा

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ। भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो।

छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खेमादेवी विष्टले सरकारलाई चोर भनेपछि एमाले सांसद धर्मराज पाठकले नियमापत्ती जनाएका छन्।

SHIKHAR COOL TECH

‘कहि नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै असार १ गते सदनमा प्रस्तुत हुने र असार ३१ गतेभित्रै पास हुने बजेटमाथि हामी असोजमा आएर छलफल गरिरहेका छौं। यो बजेट कहाँबाट आयो, कसरी आयो ? सरकारलाई बताई दिन आग्रह गर्दछु’ बजेट माथिको छलफलका क्रममा प्रदेश सभा विष्टले भनिन्।

यती मात्रै होईन, उनले प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि चोर र कमिशनखोर रहेको आरोप पनि लगाईन्। ‘राजनीति भनेको समाजसेवा हो भन्ने थाहा पाएको थिए। तर  राजनीति भनेको पेशा रहेछ, घुस खाएर योजना बेच्ने रहेछ, कमिशनमा योजना बेच्ने रहेछ, भन्न मिल्छ की मिल्दैन, प्रदेश सरकार र प्रदेशका जनप्रतिनिधि भनेका चोर रहेछन,’ विष्टले भनिन।

विष्टले बोल्दा बोल्दै एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले उनको चोर सब्द प्रति नियमापत्ती जनाउदै उक्त चोर शब्द संसद सचिवालयको रेकर्डबाट हटाउन माग गरे। सभामुख भीम बहादुर भण्डारीले पनि उक्त सब्दमाथि छानविन गरेर आवश्यक परे संसदको रेकर्डबाट हटाउने आश्वासन दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार