कैलालीका एक युवकले चक्कुले आफ्नै घाँटी रेटेपछि…

धनगढी : कैलालीमा चक्कुले आफ्नै घाँटी काटेर एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको जानकी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर ओडले आफ्नै घाँटीमा चक्कुले काटेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले मानसिक सन्तुलन ठीक नभएका ओडले शनिबार बिहान चक्कुले आफ्नै घाँटी र हातमा काटेको बताए।

गम्भीर घाइते भएका ओडलाई तत्कालै टीकापुर अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा आत्माहत्याको प्रयास गरेकी एक युवतीको उद्दार गरिएको छ।

जिल्लाको गोदावरी नगरपालिका–४ ओलानी बस्ने २२ वर्षीया कविता साउँदले आत्माहत्या गर्ने प्रयास गरेका बेला परिवारले देखेपछि उनको उद्दार गरिएको हो।

कविता शनिबार बिहान आफ्नै घरमा सुत्ने कोठामा प्लाष्टिकको डोरीले झुन्डिरहेको देखेपछि उद्दार गरेर सेती प्रादेशिक अस्पताल ल्याइएको छ। उनको प्रादेशिक अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार