बैतडीमा एक पुरुष मृत फेला

बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–५ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत फेला परेका हुन् । उनी शुक्रबार सिगास गाउँपालिका – ३ को गजीण भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक राज ढुगांनाले बताएका छन ।

स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Dengue

धामीका १२ वर्षीय छोरा यही भाद्र ३० गते घरबाट भागेका थिए । सोहीदिन छोरालाई चिनेका आफन्तहरुले ठाँटा प्रहरी चौकीमा बुझाएको थाहा पाएपछि रनी दम्पती ३१ गते बिहान छोरालाई लिनभनि घरबाट आएको वडा सदस्य मान सिंह धामीले जानकारी दिए ।

रनीकी श्रीमती र छोरा घर पुगेका थिए । तर ५ दिनपछि शुक्रबार स्थानीयहरुले रनीलाई गजीण भिरमा मृत अवस्थमा फेला पारेको वडा सदस्य धामीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार