एलओडीमा आउँदै अमेरिकी र्‍यापर लिल पम्प

काठमाडौं : अमेरिकी चर्चित र्‍यापर लिल पम्प नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा यही असोज १६ गते (अक्टोबर २) मा हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् । उनको सबैभन्दा बढी चर्चित गीत ‘गुजी ग्याङ’ रहेको छ ।

एलओडी क्लबका सञ्‍चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा क्लबले शुःल्क लिने व्यवस्था गरेको छ । भीआईपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।

Dengue

भीआईपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले खल्ती एप्सबाट टिकट खरिद गर्नसक्ने सिंहले बताए ।

यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड, अर्मान मल्लिक, इण्डियन आइडल पवनदीप, लक्की अली, बाबा सेहगललगायतका गायकहरूले एलओडीमा प्रस्तुति दिइसकेका छन् ।

एलओडी ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डीजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । यूकेस्थित डीजे म्यागले छनोट गर्ने सन् २०२४ का लागि १०० उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५०औं स्थानमा रहेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार