काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड ) ले सदन अवरोधलाई जारी राख्ने बताए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो भनेका हुन् ।
अध्यक्ष दाहालले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको बताए। सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिएका छन् ।
अध्यक्ष दाहालले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्