पोलमा गुजुल्टो पारेर राखिएका अव्यवस्थित तारले कुरुप बन्दै धनगढी (फोटो फिचर)

धनगढी : धनगढी उपमहानगरपालिकामा रहेका थुप्रै समस्या मध्येको एक समस्या हो पोलमा जाथाभावि गुजुल्टो पारेर राखिएका तार । अव्यवस्थित तारका कारण धनगढी उपमहानगरपालिका कुरुप देखिएको छ । केवल, इन्टरनेट तथा टेलिफोनका तार विद्युतको पोलमा गुजुल्टिएको देख्न सकिन्छ ।

बेला बेलामा पोलमा नै तार जल्ने गरेको छ । जस कारण उपभोक्ता मारमा मात्र परेका छैनन् , उक्त जाथाभावि गुजुल्टो पारेर राखिएका तारले गर्दा बेला मौकामा ठुलै दुर्घटना हुँदै आएको छ ।

Dengue

बिजुलीका पोलहरुमा तार बेरिएको दृश्य धनगढी उपमहानगरपालिकाका बासीका लागि सामान्य बनिसकेको छ । विजुलीको तार, इन्टरनेटको तार, टेलिफोनको तार, केवल टिभीको तार । विद्युतको पोलमा तारै तार देख्न सकिन्छ ।

कतै तार सडक छेउको रुखमा अल्झिएको देखिन्छ त कतै चुडिएर भूँईमा लत्रिएको पनि हुन्छ । यस्तो कुरुप दृश्यले सुन्दर धनगढी उपमहानगरपालिकाको खिल्ली उडाइरहेको छ  ।     

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार