अनेरास्ववियुकाे आयाेजनामा वादविवाद प्रतियोगिता सम्पन्न, माबि धापका छात्र विराजमान बडु प्रथम

धनगढी : अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले आयाेजना गरेकाे माबि स्तरीय वादविवाद प्रतियाेगिता सम्पन्न भएकाे छ ।

१० औं संविधान दिवस २०८१ काे अवसरमा आयाेजित वादविवाद प्रतियोगिता मालिकार्जुन नमुना माबि धापमा सम्पन्न भएकाे हाे । “सामाजिक संजालकाे प्रयाेग समाजका लागि वरदान कि अभिशाप´´ शीर्षकमा आयाेजित वादविवाद प्रतियागिता अनेरास्ववियु महाकाली नगर कमिटी उपाध्यक्ष क. देबेन्द्र सामान्तकाे अध्यक्षता तथा अनेरास्ववियु सुदूरपश्चिम प्रदेश कमिटी सदस्य क. सुनिता धामीकाे प्रमुख आतिथ्यता मा सम्पन्न भएकाे छ ।

Dengue

महाकाली नगरपालिका अन्तरगतका विभिन्न ६ विद्यालयका १२ जना प्रतियाेगिहरुले आफ्ना विचार व्यक्त गर्नुभएको छ । प्रतियाेगि मध्ये मालिकार्जुन नमुना माबि धापका छात्र विराजमान बड प्रथम, माबि धापकै छात्रा जेनी धामी द्वितिय र महेन्द्र नमुना माबि खलंगामा अध्ययनरत छात्रा ज्याेती भट्ट ले तृतिय स्थान हासिल गर्नुभएकाे छ ।

कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष क. नरेन्द्र प्रसाद जाेशी, उपाध्यक्ष क. कृष्ण धामी, काेषाध्यक्ष क. खडक सिह ठगुन्ना, नेपाल बुद्धिजीवी परिषद दार्चुलाका अध्यक्ष एवं दार्चुला बहुमुखी क्याम्पसका उप-प्राध्यापक श्री धाना धामी, मालिकार्जुन नमुना माबि धापका प्रधानाध्यापक श्री सुन्द्र सिह बुढाथोकी, रास्ट्रिय युवा संघ नेपाल महाकाली नगरपालिका संयाेजक क. रबिन्द्र सिह धामि काे आतिथ्यता रहेकाे थियाे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार