एन्फा महिला लिगः शनिबार दुई खेल हुने

काठमाडौं : एन्फा महिला लिगमा शनिबार दुई खेल हुँदैछन् ।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा संकटा क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

Dengue

छैठौं चरणको खेलबाट संकटाले मात्र ५ अंक जोड्न सकेको छ । जारी लिगमा कमजोर प्रदर्शन गर्दै आएको सुदूरपश्चिमले भने खाता खोल्न सकेको छैन । ६ खेलको समाप्तिमा ऊ १० टोली सहभागी प्रतियोगिताको पुछारमा छ।  

अर्को खेलमा सोही मैदानमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच खेल हुनेछ । प्रतिस्पर्धा अपराह्न ३ः३० बजे सुरु हुनेछ ।  

वालिङलाई हराउन सके पुलिसको १५ अंक हुनेछ । ६ खेलबाट १२ अंक जोडेको पुलस तेस्रो स्थानमा छ । समान खेलबाट समान अंक जोडेको वालिङ गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा छ । वालिङ पनि पुलिसलाई पराजित गर्दै १५ अंकमा तालिकाको तेस्रो स्थानमा उक्लन योजनामा हुनेछ ।  

सातौं चरणका खेल जारी रहँदा अंक तालिकामा विभागीय टोलीको अग्रता कायमै छ । एपीएफ ब्लक १९ अंकमा शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब १६ अंकमा दोस्रोमा छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार