अत्यधिक रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु

बझाङ : अत्यधिक रक्तश्रावका कारण बझाङमा एक जना सुत्केरीको ज्यान गएको छ । मष्टा–२ बाडेगाउँकी ३५ वर्षीया रुपकला कठायतको मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । शुक्रबार बिहान ३ बजेतिर स्थानीय स्वास्थ्य संस्थामा कठायतले छोरीलाई जन्म दिएकी थिइन् ।

छोरी जन्मिसके पछि एक घण्टासम्म साल अड्किएको र स्थानीय स्वास्थ्यकर्मीले साल झिकेको जिल्ला अस्पताल बझाङले जानकारी दिएको छ । त्यसपछि बेहोस भएकी उनलाई शुक्रबार बिहान नौ बजेतिर जिल्ला अस्पताल ल्याइएको थियो ।

SHIKHAR COOL TECH

‘अस्पताल पुग्दा उनी जीवित रहेको कुनै संकेत थिएन । बचाउन सकिन्छ कि भनेर हामीले धेरै कोसिस गरेका हौं तर सकिएन,’ जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीले राजधानी दैनिकलाई भने, ‘साल अड्किएका कारण रक्तश्राव धेरै भएर उनको मृत्यु भएको हुन सक्ने बताए ।’ यो उनको पाँचौं पटकको गर्भ हो ।

लगातार गर्भवती भएका कारण कमजोर शरीर र रक्तअल्पताका कारण धेरै रक्तश्राव हुँदा पनि ज्यान जाने जोखिम उच्च हुने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार