ऐश्वर्यका बालवालिकाद्वारा खाजाको रकम जोगाएर बहिरा बालवालिकालाई सहयोग

धनगढी : धनगढीको ऐश्वर्य विद्या निकेतनका बालवालिकाले आफुहरुको खाजा खर्च जोगाएर बहिरा बालवालिकाहरुलाई खाद्यान्न, भित्तेघडी र अरु आवश्यकताका सामान सहयोग गरेका छन ।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयका बालवालिकालाई ऐश्वर्यका विद्यार्थीहरुले झण्डै १० हजार बराबरको सामान सहयोग गरेका हुन । विद्यार्थीहरुले बालदिवश र शिक्षा दिवशका अवसरमा आ–आफ्नो एक दिनको खाजा वाफतको रकम संकलन गरेका सामाजिक विषयका शिक्षक यादव मिश्रले बताए ।

Dengue

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सामाजिक सहयोगको भावना जागोस भनेर हरेक वर्ष बालदिवस र शिक्षा दिवसको अवसर पारेर बालवालिकाहरुले आफ्नो खानाखर्चको रकम जमा गरि यस्तै गरी सहयोग गर्ने गरेको शिक्षक मिश्रले बताए । दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयमा ११३ जना बोल्न नसक्ने बहिरा वालवालिका आवासीय रुपमा अध्ययनरत छन ।

सरकारी खर्चमा उनीहरु आवासीय रुपमा अध्ययन गरिरहेपनि छात्रबासमा बेला बेला सामानहरुको अभाव भने हुने गरेको छ । उनीहरुको आवश्यता अनुसार सामाग्री सहयोग गरिएको विद्यालयका क्याप्टेन चेतन भट्टले बताए । ‘विद्यालयमा फोन गरेपछि थाहा भयो की उनीहरुको आवासमा भित्ते घडिहरु रहेनछन ।

बालवालिकालाई राती कतिबजे सुत्ने र विहान उठ्दा कति बजेको छ ? विद्यालयमा कतिबजे जाने ? भनेर समय हेर्न घडि रहेनछन, हामीले ६ वटा भीत्ते घडी सहयोग गरेका छौं’ ऐश्वर्य विद्या निकेतनका विद्यालय क्याप्टेन चेतन भट्टले भने । ‘भीत्ते घडी भनेको थोरै रकममा आउने भएपनि समय हेर्नका लागि उनीहरुका लागि भने ‘युजफूल’ लाग्यो ।

विद्यार्थीहरुले चामल, विस्कुट, दाल, चिनि, नुहाउने र लुगाधुने साबुन, चाउचाउ, भुजा सहयोग गरेका हुन । समाजमा केही सामाजिक कार्य गर्नुपर्छ भन्ने भावना जगाउन ऐश्वर्यका वालवालिकाहरुले बेला बेला यस्ता कार्यहरु गर्दै आएको विद्यालयका प्राचार्य प्रेमनीधि ओझाले बताए ।

‘विद्यालयबाट दिने संस्कारले नै बालवालिकाको जीवनभरी प्रभाव पार्ने भएकाले हामीहरुले अध्ययन बाहेक सामाजिक कार्यका बारेमा पनि बालवालिकालाई यस्ता कामहरुप्रति उत्पे्ररित गर्ने गरको छौं’ प्राचार्य ओझाले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार