सुदूरपश्चिमकै विश्वविद्यालय स्तरीय प्रथम केएमसी अभ्यास अदालत प्रतियोगिता सभ्यता र भव्यताका साथ सुसम्पन्न !!

स्मृति के.सी

धनगढी : सुदूरपश्चिममै पहिलोपटक स्नातक तहमा कानुनको पढाइ हुने पहिलो क्याम्पसका रूपमा चिनिने कैलाली बहुमुखी क्याम्पसमा प्रथम केएमसी अभ्यास अदालत सुरुवातसँगै प्रथम केएमसी प्रतियोगिता हिजो बिहिबार सम्पन्न भएको छ।

कैलाली बहुमुखी क्याम्पसमा कानुन संकाय द्वारा आयोजित विश्वविद्यालय स्तरीय अभ्यास अदालत प्रतियोगिता हिजो सभ्यता र भव्यताका साथ सम्पन्न भएको छ। यस प्रतियोगिताले पढाइसँगै सिकाई भन्ने कुरालाई सार्थक गरेको छ ‌।पढाइ लेखाईको कुरालाई अभ्यासमा अर्थात् प्रयोगमा ल्याएको छ। संविधान दिवसको अवसरलाई ध्यान दिँदै यो कार्यक्रम गरिएको हो।

Dengue

कार्यक्रम असोज दुई गते अभ्यास अदालतको उद्घाटन सहित सुरु भएको थियो भने ३ गते यसको समापन समारोह भएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरू प्राप्ति भट्ट पदमबहादुर साउद र चरित्र बुढा रहेका छन् । ‌

त्यसैगरी कैलाली बहुमुखी क्याम्पसका ओमप्रकाश अवस्ती र कुबेर राज जैसी समूह द्वितीय स्थान हासिल गर्न सफल भएको हो। गणेश कुमार खत्री यज्ञश्वरी बोगटी पूजा शाहको समूह तिथिए र पंकज भट्ट समीक्षा बिष्ट गजेन्द्र बुढाको समूह सान्त्वना स्थान प्राप्त गर्न सफल भएको हो। आयोजकले हुने समूहलाई २५ हजार , त्यसैगरी दोस्रो हुने समूहलाई रु १० हजार , तेस्रो हुने समूहलाई रु ५००० र सान्त्ना हुने लाई रु ३००० अन्य ट्रफी मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरेका हुन ।

त्यसैगरी सर्वोत्कृष्ट वक्ताको अवार्ड के एमसीकी प्राप्ति भट्टले प्राप्त गरे की हुन् र सर्वोत्कृष्ट शोधकताको अवार्ड पूजा शाहले प्राप्त गरेकी हुन् । यसका लागि प्राप्ति भट्ट र पूजा शाहलाई रु २००० सहित कफीले सम्मानित गरिएको हो। यस कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले केएमसीले आयोजना गरेको यस कार्यक्रम प्रति खुसी व्यक्त गरेका छन् र उनले भनेका छन् ज्ञान आर्जन गर्न सहज हुने वातावरण भएकाल विद्यार्थीलाई अभ्याससँगै सिकाइमा परिपक्क बनाउँछ।

त्यसैगरी यस कार्यक्रममा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्की प्रमुख अतिथित्व समापन भएको हो। यस कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा बहादुर सार्कीले कानुनका विद्यार्थीलाई चाहिने साथ र सहयोग गर्नेछु र विद्यार्थीको क्षमता अभिवृद्धि गर्न मन्त्रालयबाट हुने सक्दो सहयोग वाचा समेत गरेका छन्। त्यसैगरी आगामी दिनमा कानुनका विद्यार्थी उज्ज्वल भविष्यको कामना गर्दै कैलाली बहुमुखी क्याम्पसलाई शुभकामना व्यक्त गरेका छन्।

यसैगरी राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश भट्टले कानुन संकायका विद्यार्थीहरूलाई मानव अधिकार आयोग परियोजना मार्फत स्थानीय तहको न्यायिक यन्त्रसँग काम गर्न उनीहरूलाई दूतका रूपमा पठाउन आफूहरू तयार भएको प्रतिबद्धता दिएका छन्।

यसैगरी अन्त्य त कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका कैलाली बहुमुखी क्याम्पसका सहायक प्रमुख प्राध्यापक डाक्टर लोकबहादुर बिष्टले कानुन संकायका विद्यार्थीहरूको लागि पढाइ सँगसँगै छुट्टै पुस्तकालय र अभ्यास अदालतको सहितको भवन निर्माण का लागि पहल थालिसकेको बताउनुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार