पश्चिम तराईमा घोँगीको व्यापार बढ्दो

धनगढी : थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढेको छ । पछिल्लो समय गैरथारूसमेतले घोँगीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो । घरमा खानदेखि लिएर होटेलमा तरकारी बनाएर आगन्तुकलाई खुवाउनका लागि घोँगीको किनबेच भइरहेको छ ।

घोँगी धान खेतको दल दल, घोल, ताल, खोलानालामा प्राकृतिक रूपमा पाइने जलीय जीव हो तर यसको माग बढेसँगै पछिल्लो समय माछा पालन गरिएको पोखरीमा पनि व्यावसायिक रूपमा घोँगी पाल्न थालिएको छ । विभिन्न ठाउँमा पाइएका घोँगी सहर बजारमा ल्याएर बिक्री गर्न थालिएको छ ।

धनगढी सूचना

प्राकृतिक रूपमा पाइएका घोँगी बिक्री गरेर थारू समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । दैनिक ३० र ३५ केजी घोँगी र घोङ्घाको व्यापार गरेर तीन हजारदेखि साढे तीन हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पौलाहाकी सुमन चौधरीले बताइन ।

चौधरीका अनुसार पौलाहामा नदीले छोडेको घोलमा प्रशस्त मात्रामा घोँगी र घोङ्घा पाउने गरेको छ । त्यो सङ्कलन गरेर धेरै महिला बिक्रीका लागि धनगढी आउने गरेका छन् ।

घोँगी र घोङ्घा दुवै उस्तै जलीय जीव हुन् । घोँगी केही हदसम्म सानो र घोङ्घा ठुलठुलो हुने गर्छ । थारू समुदायका मानिसले घोँगी र घोङ्घाको तरकारी सदियौँदेखि खाँदै आएका छन् । समुद्री खाना अन्तर्गत पर्ने घोँगी र घोङ्घाबाट प्रशस्त मात्रामा पौष्टिक तìव प्राप्त हुने गरेको बताइएको छ । ‘बलियो हुनु छ भने घोँगी खाउ’ भन्ने एउटा भनाइ पनि थारू समुदायमा प्रचलित रहेको छ ।

हिउँदमा तालतलैयामा मात्रै कम मात्रामा पाइने घोँगी वर्षायाममा भने यत्रतत्रको पानीमा बढी पाइने गर्छ । घोँगीको तरकारी अत्यधिक रुचाउने थारू समुदायका मानिसले खेतको दल दलदेखि तालमासमेत घोँगी खोज्ने गर्छन् । विशेष गरेर महिलाले दिनभरि घोँगी खोजेर त्यसको तरकारी परिवारलाई खुवाउने गर्दछन् । सहरका होटेलमा घोँगीको माग बढ्दै गएपछि पछिल्लो समय माछा पालक कृषकले माछा पोखरीमा घोँगीको व्यावसायिक पालन गर्न थालेका छन् । घोँगीले माछालाई कुनै असर नगर्ने गरेका कारण उनीहरूले माछासँगै घोँगीसमेत पाल्न थालेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार