बाजुराका विद्यालय पहिरोको जोखिममा

बाजुरा : विद्यालय पहिरोको जोखिममा परेपछि बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लास्थित लक्ष्मी माविका विद्यार्थी यतिबेला अन्योलमा छन् ।

बर्खाको समयमा विद्यालयको चारैतिरबाट पहिरो जान थालेपछि विद्यार्थी पढ्न जाने कि नजाने भन्ने दोधारमा परेका छन् । विद्यालय जाऊँ पहिरोको डर, नजाऊँ पढाइ छुट्ने चिन्ता । लक्ष्मी माविका कक्षा १० का छात्रा रमिला विक भन्नुहुन्छ, “विद्यालय पहिरोको जोखिममा रहेदेखि विद्यालय जाने कि नजाने दोधारमा परेको छु ।” 

SHIKHAR COOL TECH

विद्यालयलाई वरिपरिबाट आएको पहिरोले निकै जोखिम पारेको छ । कुन दिन पढ्ने बेलामा नै विद्यालय पहिरोमा परिणत भएर पढ्दापढ्दै ज्यानै जाने हो की भन्ने डर रहेको उहाँको भनाइ छ । पहिरो विद्यालयनजिक पुगेको छ तर विद्यालय भने यसै ठाउँमा सञ्चालनमा छ ।

विद्यालय मार्तडी–कोल्टी सडकको छेउमा पर्छ । २०७८ साल असोज महिनामा डोजरले विद्यालयको नजिकको सडक मर्मत गरेपछि पहिरो जान सुरु भएको लक्ष्मी माविका प्रधानाध्यापक लालचन्द्र जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमुनि पहिरो पुगेको छ । विद्यालय सञ्चालन गरौँ पहिरोको डर, नगरौँ बालबालिकाको पढाइ अवरोध हुने । यता सरोकारवाला निकायले पनि पढाइ गर्नुपर्ने भन्छन् । उता बालबालिकालाई केही भयो भने तिमीले नै जान्नुपर्ने अभिभावक भन्नुहुन्छ ।”

विद्यालयको यो समस्यालाई स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग कुरा राख्दै आएको भए पनि स्थानान्तरणका लागि कतैबाट केही सुनुवाइ नभएको प्रधानाध्यापक जैशीले बताउनुभयो । 

पछिल्लो समय हामीले वडा पालिकालाई त्यस विद्यालयको प्रहरीद्वारा मुचुल्का बनाएर नगरमा पठाइदिनु भनेका छौँ । त्यो प्रहरी मुचुल्का आएपछि भौतिक पूर्वाधारका लागि विभिन्न निकायमा पहल गर्ने बडीमालिका नरपालिका नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।

विकासका नाममा विद्यालय खानेपानीलगायतका भौतिक पूर्वाधारमा केही क्षति भएको भए त्यसको प्रहरीसहितको मुचुल्का र विद्यालयको सिफारिस ल्याए  त्यसको क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पहल गर्ने पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी देविप्रसाद उपाध्यायले बताउनुभयो ।

विद्यालय पहिरोको जोखिममा रहेकाले त्यो विद्यालयलाई अन्य सुरक्षित स्थानमा सार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् तर विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण सार्न नसकिएको विद्यालय व्यवस्थापनले समितिले जनाएको छ ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार