बाजुराका विद्यालय पहिरोको जोखिममा

बाजुरा : विद्यालय पहिरोको जोखिममा परेपछि बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लास्थित लक्ष्मी माविका विद्यार्थी यतिबेला अन्योलमा छन् ।

बर्खाको समयमा विद्यालयको चारैतिरबाट पहिरो जान थालेपछि विद्यार्थी पढ्न जाने कि नजाने भन्ने दोधारमा परेका छन् । विद्यालय जाऊँ पहिरोको डर, नजाऊँ पढाइ छुट्ने चिन्ता । लक्ष्मी माविका कक्षा १० का छात्रा रमिला विक भन्नुहुन्छ, “विद्यालय पहिरोको जोखिममा रहेदेखि विद्यालय जाने कि नजाने दोधारमा परेको छु ।” 

Dengue

विद्यालयलाई वरिपरिबाट आएको पहिरोले निकै जोखिम पारेको छ । कुन दिन पढ्ने बेलामा नै विद्यालय पहिरोमा परिणत भएर पढ्दापढ्दै ज्यानै जाने हो की भन्ने डर रहेको उहाँको भनाइ छ । पहिरो विद्यालयनजिक पुगेको छ तर विद्यालय भने यसै ठाउँमा सञ्चालनमा छ ।

विद्यालय मार्तडी–कोल्टी सडकको छेउमा पर्छ । २०७८ साल असोज महिनामा डोजरले विद्यालयको नजिकको सडक मर्मत गरेपछि पहिरो जान सुरु भएको लक्ष्मी माविका प्रधानाध्यापक लालचन्द्र जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमुनि पहिरो पुगेको छ । विद्यालय सञ्चालन गरौँ पहिरोको डर, नगरौँ बालबालिकाको पढाइ अवरोध हुने । यता सरोकारवाला निकायले पनि पढाइ गर्नुपर्ने भन्छन् । उता बालबालिकालाई केही भयो भने तिमीले नै जान्नुपर्ने अभिभावक भन्नुहुन्छ ।”

विद्यालयको यो समस्यालाई स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग कुरा राख्दै आएको भए पनि स्थानान्तरणका लागि कतैबाट केही सुनुवाइ नभएको प्रधानाध्यापक जैशीले बताउनुभयो । 

पछिल्लो समय हामीले वडा पालिकालाई त्यस विद्यालयको प्रहरीद्वारा मुचुल्का बनाएर नगरमा पठाइदिनु भनेका छौँ । त्यो प्रहरी मुचुल्का आएपछि भौतिक पूर्वाधारका लागि विभिन्न निकायमा पहल गर्ने बडीमालिका नरपालिका नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।

विकासका नाममा विद्यालय खानेपानीलगायतका भौतिक पूर्वाधारमा केही क्षति भएको भए त्यसको प्रहरीसहितको मुचुल्का र विद्यालयको सिफारिस ल्याए  त्यसको क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पहल गर्ने पूर्वाधार विकास कार्यालय अछामका सूचना अधिकारी देविप्रसाद उपाध्यायले बताउनुभयो ।

विद्यालय पहिरोको जोखिममा रहेकाले त्यो विद्यालयलाई अन्य सुरक्षित स्थानमा सार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् तर विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण सार्न नसकिएको विद्यालय व्यवस्थापनले समितिले जनाएको छ ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार