गोदावरीका एक युवक पोखरामा मृत फेला

धनगढी : कैलालीको गोदावरीका एक युवक काँस्की जिल्लाको पोखरामा मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर-८ स्थीत स्याउलेका ३१ वर्षीय राज थापा पोखरा महानगरपालिका वडा नम्बर ६ को स्ट्रीट नम्बर १६ स्थीत होटल निम्तोको स्टोर रुममा हिजो दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

Dengue

कैलाली घर भई चितवन बस्दै आएका थापा असोज ३ गते बिहान ३ बजे मृत फेला परेको वडा प्रहरी कार्यालय वैधाम पोखराका प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताएका छन् ।

थापा श्रीमती राधा थापा र ११ वर्षीय छोरा सहित राधाका माइतीपक्षका ७ जना संगै घुम्न पोखरा आएको जानकारी प्रहरीलाई प्राप्त भएको निरौलाले बताए । श्रीमतीसहित संगै आएका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको निरौलाले बताएका छन् ।

थापाको शव अहिले पोष्टमार्टमका लागि गण्डकी क्षेत्रीय अस्पतालमा राखीएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछी हिजो राती नै मृतकका बुवा,दिदीसहित आफन्त पोखरा पुगेका छन् ।

उनीहरुले भने श्रीमतीसंग सम्बन्ध राम्रो नभएको कारण हत्या गरीएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार