देशभरीका पाँच प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : देशभरी मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।

Dengue

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार