संघीय संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ ।

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

Dengue

पक्राउ परेकालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । एसपी अधिकारीका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ ।

सरकारले बिहीवार (असोज ३ गते) संविधान दिवस मनाइरहेका बेला असन्तुष्ट पक्षहरूले विरोध प्रदर्शन गरिरहेका छन् । संविधान दिवसका अवसरमा नागरिकस्तरबाट बिहीवार साँझ ४ बजे दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना हुँदैछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार