बैतडीको पाटन र पुर्चौंडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

बैतडी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीको पाटन नगरपालिका र पुर्चौंडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

जिल्लाको पाटन नगरपालिकामा बझाङको बुंगल नगरपालिकामा कार्यरत अम्मरराज जोशीको सरुवा गरेको छ । गएको भदौ ३१ मा जोशीको बुंगलबाट पाटनमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

Dengue

पाटनका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीको दोहरो जिम्मेवारी रद्ध गरेपछि पाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो ।

यस्तै पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जगदीशप्रसाद जोशीलाई खटाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृत जोशीलाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।

गएको भदौ १९ गते जोशीलाई पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको मन्त्रालयले जनाएको छ । जोशी यसअघि दशरथचन्द नगरपालिकाबाट सरुवा भएका थिए । उनले बैतडीको मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार