पहिरोले मुहान पुरिँदा बैतडीका स्थानीयलाई खानेपानीको समस्या

बैतडी : बैतडीको पाटन नगरपालिका-३ बुङडामा पहिरोले मुहान पुरिएपछि खानेपानीको समस्या भएको छ ।

गत हप्ता तीन दिनसम्म भएको भारी वर्षाका कारण पहिरो खस्दा तिमलागैर भन्ने स्थानमा रहेको खानेपानीको मुहान पुरेको हो ।

Dengue

तिमलागैर–बुङडा खानेपानी योजनाको मुहानमाथिबाट खसेको पहिरोले खानेपानीमा क्षति पुर्याएको स्थानीय गणेश विष्टले बताए । पहिरोका कारण खानेपानीको मूहान मासिएपछि बुङडा गाउँका ५० भन्दा बढी घरधुरीलाई खानेपानीको जोहो गर्न मुस्किल भएको छ ।

पहिरोले मासिएको खानेपानी मुहान मर्मतका लागि स्थानीय सरकारसंग आग्रह गरिएको विष्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार