नेपाल सरकारद्वारा धनगढीको माया मेट्रो अस्पतालका डक्टर हरि पौडेल बिभुषित हुँदै

धनगढी : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत बरिष्ठ न्युरो सर्जन डक्टर हरि पौडेललाई बिभुषित हुने भएका छन् । शिक्षा दिवशको अवशरमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले डक्टर पौडेललाई बिभुषित गर्ने निर्णय गरेको हो । 

न्युरो सर्जरी बिषयमा एमसि।एच गरेका उनलाई शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले नेपाल बिद्याभुषण (क) बिभुषित गर्न लागेको हो । मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको थियो ।

Dengue

मन्त्रालयबाट बिभुषित हुनेमा डक्टर पौडेलको नामपनि समावेश गरिएको छ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट बिभुषित हुने ब्यक्तीहरुको नाम सार्वजनिक भए सगैं डक्टर पौडेलले खुशी ब्यक्त गरेका छन् ।

आफुले प्राप्त गरेको शिक्षा र अनुभवको सम्मान गर्दै नेपाल सरकारबाट बिभुषित हुन पाउँदा निकै खुशी लागेको डक्टर पौडेलले स्टेटसेभेनलाई बताए । विद्या भूषण ‘ख’ प्राप्त गर्ने ३५ जना र ‘ग’ प्राप्त गर्ने २१ जनाको नाम मन्त्रालयले सार्वजनिक गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार