संविधान दिवसको अवसरमा बैतडीको पाटन बजारमा सरसफाई

बैतडी : संविधान दिवस २०८१ बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । दिवसको अवसरमा बैतडीको पाटन बजारमा सरसफाई गरिएको छ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ मा पर्ने बजार क्षेत्रमा सरसफाई गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टले बताए । नाली सरसफाई लगायतका समस्याको बिषयमा स्थानीय व्यपारीलाई सरसफाई गर्ने सुझाव समेत दिएको वडा अध्यक्ष राजेन्द्र बिष्टले बताए ।

Dengue

आफ्नो निमार्ण कार्यका लागि नाली बन्द गरेको बिद्यालय, सरकारी कार्यालय र स्थानीयलाई त्तकाल खोल्नका लागि पत्राचार गरिने बताए । सरसफाई कार्यक्रम पाटन नगरपालिका, पाटन क्रिकेट क्लब, परोपकार ग्राणि विकास संघ, नगर युवा संजाल र पाटन बजार व्यवस्थापन समिति र पाटन इलाका प्रहरीले व्यवस्थापन गरेको जनाएको छ ।

दिवसको अवसरमा बैतडीमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । दिवसको अवसर पारेर मंगलबारदेखि खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता शुरू भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सञ्चालन भएको प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ । बिहीबार सबै खेल सकिदैछन्र ।

प्रतियोगिताका साथै सरसफाइ कार्यक्रम, दिपावली, प्रभातफेरी लगायतका कार्यक्रम पनि गरिने संविधान दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ । दिवसको अवसरमा सरकारी कार्यालयहरुमा सरसफाइ गर्ने र साँझको समयमा दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

दिवसको अवसरमा बिहान सदरमुकाममा प्रभातफेरी कार्यक्रमपश्चात् प्रशासन कार्यालय अगाडि सहिद दशरथचन्दको सालिकनजिक कोणसभाको आयोजना गरिएको संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार