धनगढीमा बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी : धनगढीमा युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत तीन दिने बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । बालबालिको भविश्यको लागि हातेमालो गरौँ हामी सबै लागौँ भन्ने मुल नाराका साथ धनगढीमा तीन दिने कार्यक्रम सुरु भएको हो ।

भदौ ३१ गते देखी सुरुभएको कार्यक्रम बिहिबार सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत तीन दिने वालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो ।

Dengue

बालबालिकामा आजको समयमा किन लगानी गर्ने भन्ने बिषय सम्बन्धि छलफल गरीएको थियो । आजको बालबालिका भोलिको देश, समाज, परिवार जिम्मेवार नागरीक हुने भएकाले आजका बालबालिकामा प्रत्येक अभिभावकले लगानि गर्नु आवश्यक रहेको बताए ।

युनिसेफ नेपालको आर्थिक सयोगमा सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको सहकार्यमा महिला सशक्क्तिकरण नेपाल कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशका पालिकाका कैलाली ,कञ्चनपुर , डोटी, बझाङ, बाजुरा ,१० ओटा स्थानिय तहका निकाय महिला तथा बालबालिका शाखाका प्रमुख , बालकलवका पुर्व अध्यक्षको, यस कार्यक्रममा सहभागिता रहेका थियो । कार्यक्रमा निड्स नेपालका अध्यक्ष दुर्गा खरेलको अध्यक्षतामा भएको हो ।

भने युनिसेफ नेपाल सुदूरपश्चिम प्रदेशका फिल्ड प्रमुख इन्द्रराज पन्त प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको समापन सामाजिक सुरक्षा नागरीक समाज सञ्जालका अध्यक्ष त्रिलोत्तम पौडेलले गरेका थिए । कार्यक्रममा सहभागी सम्पूर्णलाइ प्रमाणपत्र दिएको थियो । भने कार्यक्रमको सञ्चालन सामाजिक सुरक्षा नागरिक समाज सन्जालका परियोजना सयोजक नारायण पान्डेले गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार