पहिलो खेलमा क्यानडासँग पराजित नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग—२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । गुल्सन झाबाहेक अन्य खेलाडीले मध्यमस्तरको समेत प्रदर्शन गर्न नसक्दा नेपाल ओमानसँग १ विकेटले पराजित भयो ।

नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा घरेलु टोलीसँग पनि हार बेहोरेको थियो।

Dengue

बिहीबार नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो।

ओमानले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेको थियो। ओपनिङ ब्याटर जतिन्दर सिंहले १७औं ओभरमा सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा पर्नुअघि ४९ बलमा ४१ रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर कश्यप प्रजापति तीन ओभरपछि ३६ रनमा आउट भए। उनलाई आरिफ शेखले आसिफ शेखबाट क्याच गराए।

त्यसपछि नेपालका लागि गुल्सन झाले राम्रो बलिङ गरे। उनले कप्तान अकिब इल्यासलाई २९ रन, आयान खानलाई ९ रन, शोहिब खानलाई २६ रन, फयज बटलाई ८ रन र जय ओडेड्रालाई ५ रनमा आउट गरे।

‍झाले ५ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ४७ रन दिए। करण केसीले २ विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट आफ्नो नाममा लेखाए।

क्यानडाको ओन्टेरियोस्थित किंग सिटीको मेपल लिफ नर्थ(वेस्ट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २२० रन जोड्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ६० रन जोडे। उनले ७२ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै गुल्सन झाले ३५ बलमा ५३ रनको योगदान दिए। उनले ३ चौका र ५ छ्क्का हिर्काए।

सोमपाल कामीले ८ बलमा २ छक्का प्रहार गर्दै जोडेको २० रनले नेपालले २ सय रन कटाउन सफल भयो।

यद्यपी नेपालले खेलमा सुरुवात भने राम्रो गर्न सकेन। कुशल भुर्तेलको स्थानमा ओपनिङको मौका पाएका अर्जुन साउदले ५ रन मात्र जोड्न सकेन। अर्का ओपनर आसिफ शेख ११ रनमा आउट भए। भीम सार्कीले पनि ११ रन मात्र जोड्न सके।

दोस्रो खेलमा मौका पाएका आरिफ शेखले ८८ बल खेल्दा ३५ रन बनाउन सकेन। उनले १ चौका प्रहार गरे। सातौं नम्बरमा ब्याटिङको मौका पाएका अनिलकुमार साह पनि चल्न सकेनन्। उनी ९ बलमा ३ रन जोडेर आउट भए। सन्दीप लामिछाने ११ रन र करण केसी १ रनमा पेभिलियन फर्के।

बलिङमा ओमानका कलीमुल्लाह, फयज बट र अकिब इल्यासले २—२ विकेट लिए।

सिरिजमा अब नेपालले तेस्रो खेलमा आइतबार राति घरेलु टोली क्यानडासँग आफ्नो तेस्रो खेल खेल्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार