बैतडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

बैतडी : बैतडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ ।

बैतडीसहित तराइँबाट दार्चुलाका लागि छुटेका सवारी साधन र दार्चुलाबाट अन्यत्रका लागि छुटेका सवारी साधन बिच बाटोमै रोकिएका छन् ।

Dengue

आज दिउँसो खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार