पत्रकार महासंघको कैलाली शाखामा तालाबन्दी

धनगढी : नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ। समाजवादी प्रेस संगठन नेपालले तीन बुँदे माग अघि सार्दै महासंघको कैलाली शाखामा तालाबन्दी गरेको हो।

नेपाल पत्रकार महासंघ सदस्यता शुद्धीकरणको प्रक्रियालाई आगामी कार्यकालको कार्यभारको रुपमा परिभाषित गर्दै तत्कालका लागि स्थगित गर्नुपर्ने, नयाँ सदस्यको हकमा जिल्लामा सर्वसम्मत भएका, उपत्यकाको हकमा रसिद समेत काटिसकेका पत्रकारलाई मतदाता कायम गर्नुपर्ने र यो प्रक्रियाका लागि आवश्यक समय छुट्याएर महासंघको नयाँ निर्वाचनको मिति अविलम्ब तोक्नुपर्ने भन्दै पत्रकार महासंघ कैलाली शाखामा बुधबार तालाबन्दी गरिएको हो। 

SHIKHAR COOL TECH

माग पुरा नभएसम्म तालाबन्दी कायमै रहने समाजवादी प्रेस संगठन कैलालीका अध्यक्ष लक्ष्मी जैसीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार