लागु औषध दुर्व्यसनी लागु औषध दुर्व्यसनी र कारोवार गर्नेमा कैलाली दोस्रो ठुलो जिल्ला बन्दै

कैलाली : कैलालीमा हरेक वर्ष पक्राउ पर्ने र लागु पदार्थ सेवनकर्ताहरुको संख्या दोब्बरले बृद्धि हुदै गएको छ। सीमापारी भारतबाट लागु पदार्थको कारोवार हुने गरेकोले यस्को मुख्य कारोबार गर्नलाई पक्राउ गर्न कठिनाई हुने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहराले बताए । उपरीक्षक बोहराका अनुसार पछिल्लो दुई वर्षमा लागु औषध दुर्व्यसनी र कारोवार गर्नेहरुको संख्या ह्रात्तै वृद्धि भएको छ ।

गत आर्थिक वर्षेमा मुदा दर्ता संख्या ३१५ ,पक्राउ संख्या पुरुष ४२० महिला २७ गरी जम्मा ४४७ जना पक्राउ परेका छन् । त्यसैगरी लागु औषध बरामदको मात्रा चरेस ३१ किलो ७ सय ५३ ग्राम, ब्राउन सुगर ३ सय १३ , माइक्रोभेट ट्याब्लेट ८५ ओटा, स्पास ट्याब्लेट २३०,र  २किलो गांजा बरामद गरेको छ।

dashain shuvakamana
Discovery School

आर्थिक वर्ष २०८० र ८१ भाद्रमा महिना ३० सम्ममा मुदा दर्ता संख्या ५४, पक्राउ संख्या  ७६रहेका छन् । ७४ जना  पुरुष र २ जा महिला  पक्राउ परेका छन् । औषध बरामदको मात्रा चरेस ३० किलो २सय २७ ग्राम ब्राउन सुगर ३५ ग्राम २सय७९ र अन्य लागु पदाथ पनि उतिकै मात्रमा प्रकाउ बरामद गरको उपरीक्षक बोहराले बताए।

पछिल्लो समयमा महिलाको संग्लनता बढ्दै गएको र भर्खरका युवा लागु पदार्थ सेवनकर्ता बढी भएकाले यो चिन्ताको विषय बन्दै गएको उपरीक्षक बोहराले भने छ । लागु औषध दुर्व्यसनीका लागी काठमाडौ पछिको दोस्रो जिल्ला कैलाली रहेको छ । खुला सिमानले गर्दा धेरै गाह्रो हुने गर्छ ।

यसमा अभिभावकले पनि ध्यान दिन पर्छ।बालबच्चा सबैका हुन सोच्न पर्छ नत्र प्रहरी एक्लैले मात्र केहि गर्ने नसक्ने उपरीक्षक बोहराले बताए। उनले भने हामिले त विभिन्न ठाउं लगायत विद्यालयमा पनि सचेतनाका कार्यक्रम गरिनै रहेका छौं ।

युवाहरू राष्ट्रका खम्बा हुन यसरी लागु औषध दुर्व्यसनीमा फस्दा घरपरिवार समाजलाई त असर पर्छ नै राष्ट्र लाई पनि असर पर्छ ।त्यसैले लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अघि बढेमा मात्र लागु औषध दुर्व्यसनी र कारोवार शून्यतामा झार्न सक्छौँ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार