धनगढी उपमहानगरपालिकाले गर्यो ग्यालेक्सी मा.वि का भट्ट र ठगुन्नालाई सम्मान !!!

स्मृति के.सी

धनगढी : धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसको अवसरमा ग्यालेक्सी मा.विका दुई विद्यार्थी पुरस्कृत भएका छन्।

कक्षा ११ मा अध्ययनरत दुईजना विद्यार्थी उपमहानगरको स्थापना दिवसको अवसरमा सम्मानित भएका हुन्। आकाश ठगुन्ना २०८० सालको सञ्चालित एसइई परीक्षामा ग्यालेक्सी माविबाट सर्वोत्कृष्ट नतिजा ल्याई सम्मिलित भई नगरपालिकाभरि संस्थागत विद्यालय तर्फबाट उत्कृष्ट जिपी हासिल गर्न सफल भएका हुन् ।

Dengue

सर्वोत्कृष्ट नतिजा ल्याएबापत उनलाई नगर प्रमुख गोपाल हमाल र सहरी विकास मन्त्री प्रकाशमान सिंह ले स्टेजमा बोलाई प्रमाणपत्र र नगद २५ हजार सहित पुरस्कृत गरेका हुन। त्यस्तै सुमन भट्ट पनि सामुदायिक विद्यालय मध्ये सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएकी हुन् । उनलाई पनि नगर प्रमुख र सहरी विकास मन्त्रीले स्टेजमा बोलाई प्रमाणपत्र र नगद रु २५ हजार सहित सम्मानित गरेका हुन् ।

विद्यालय प्रशासन ले नगर प्रमुखको यो कार्य प्रति खुसी र धन्यवाद व्यक्त गरेका छन्। विद्यालयले यसरी उपमहानगरपालिकाभित्रै उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले गौरवित बनाएका विद्यार्थीलाई शुभकामना व्यक्त गरेका छन्र आगामी दिनका लागि उज्जवल भविष्यको कामना समेत गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार