धनगढी : धनगढी उपमहानगरपालिकाका १९ वटा वडा पुगेर नगरभित्र भएका समस्या समस्याहरू सङ्कलन गरी एक किताब सार्वजनिक गरिने भएको छ ! ब्याग्स अफ होप संस्थाले डिकोर्डिङ धनगढी शोज नामक पुस्तक सार्वजनिक गर्न लागेको हो ।
लामो समय धनगढीका विभिन्न वडामा पुगेर सो किताबमा स्थानीय स्तरमा भएका समस्याहरूलाई स्थान दिइएको छ। बुधबार बिहान ८ बजे निर्माण व्यवसायी संघको हलमा यो कार्यक्रम हुंदैछ ।
धनगढी उपमहानगरको १९ वटै वडाहरुमा पुगेर स्थानीय समस्याहरु संकलन गरेर उक्त चित्र पुस्तक सार्वजनिक गर्नलागेको यस कार्यक्रमका कार्यक्रम संयोजक दिपेश बोहोरा ले जानकारी दिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, उपमेयर कन्दाकला राना लगायत विभिन्न तहका राजनितिक नेतृत्वहरु लाइ बोलाइएको छ ।
यो कार्यक्रमको मुख्य उद्देश्य नगरको समस्याहरु प्रति राजनितिक नेतृत्व सचेत छ भनेर सन्देश जाने र समस्याहरुको समाधानका लागि पनि पहल हुने ब्याग्स अफ होपका अध्यक्ष नितिश जोशीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्