बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकी थप प्रविधियुक्त बन्दै

बैतडी : बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकी थप प्रविधियुक्त बनेको छ । दुर्गमबाट प्रभावकारी सेवा प्रदान गर्दै आएको पञ्चेश्वर स्वास्थ्यचौकी अब कागजरहित बन्ने पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले जानकारी दिए । 

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले स्वास्थ्य संस्थाले सेवा प्रदान गर्दा आवश्यक पर्ने कागजपत्र अब इलेक्ट्रोनिक हुने निर्णय गरेको छ । यसका लागि स्वास्थ्य संस्थाले करीब डेढ लाखको लागतका सफ्टवेयर खरीद गरेको सार्कीले बताए । 

उक्त रकम पालिकाबाट स्वीकृत गरेर वडाले भुक्तानी गर्ने समेत उनले बताए । स्वास्थ्य संस्थाका सबै तथ्यांकहरु अनलाइनमै दर्ता गरिने सार्कीले बताए । 

यस्तै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने बिरामीहरुले अब पर्चा काट्न नपर्ने र उनीहरुको अनलाइन दर्ता हुने सार्कीले बताए । यस्तै नियमित खोप लगाउने बालबालिका तथा गर्भवती आमाहरुले पनि खोपकार्ड बोक्नुपर्ने छैन् । उनीहरुको तथ्यांक दर्ता गरेर खोप लगाउनु अघि नै सेवाग्राहीको मोबाइलमा एसएमएस जाने सिस्टम बनाएको सार्कीले बताए । 

भोलि असोज १ देखि कार्यालयले कागजरहित सेवाको शुरुवात गर्ने स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए । सेवा शुरु गर्नु अघि आज स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरुसंग छलफल समेत गरिएको सार्कीले बताए । 

बालबालिकाहरुलाई खोप लगाएपछि क्यु आरसहितको इलेक्ट्रोनिक कार्ड उपलब्ध गराइने र आवश्यक परेमा जुनसुकै ठाउँमा प्रिन्ट गर्न सकिने सार्कीले बताए । 

यसअघि सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान गरेको स्वास्थ्यचौकीले अभियानबाट चन्दा संकलन गरेर ग्रामीण अल्ट्रासाउण्ड मेसिन खरीद गरेको छ । 

स्वास्थ्य संस्थामा नवीनतम कामको शुरुवात गर्दै आएका स्वास्थ्यचौकी प्रमुख सार्की लगातार दुई बर्ष स्वास्थ्य कार्यालय बैतडीबाट सम्मानित भइसकेका छन् । यस्तै गत बर्ष उनी प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीमा समेत सम्मानित भएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार