कैलालीको कारागारमा एक जना बन्दीको मृत्यु

धनगढी : कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाड नाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ को २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ३ बजेको समयमा शौचालयमा लडेको अवस्थामा भेटिएका बिकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

dashain shuvakamana
Discovery School

बिकको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको बोहोराले बताए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने बताए पनि दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् । कारागारको लापरबाहीका कारण आफ्नो भाइले ज्यान गुमाएको उनका अङ्कल ।नेत्र पहराईले बताए । 

 केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए । दीपककै आफन्तले उनीहरु दुबैलाई घर बोलाएपछि २०८० माघ ७ दीपक विरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । दाइ बहिनी नाता पर्नेबिच हाड जोर्नी करणीमा मुद्दा दायर भएपछि दीपक कारागार चलान भएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार