डडेल्धुराबाट लागुऔषध चरेशसहित दुई जना पक्राउ

डडेल्धुरा : लागुऔषध चरेशसहित डडेल्धुरामा दुई जना पक्राउ परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारबाट सोही ठाउँ बस्ने ३५ वर्षीय तेज कैनी पक्राउ परेका हुन्। कैनीलाई ८ ग्राम चरेशसहित प्रहरी चौकी पोखराबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ।

SHIKHAR COOL TECH

यस्तै अजयमेरु गाउँपालिका–६ भण्डारीगाउँबाट सोही ठाउँ बस्ने ४५ वर्षीय राजसिंह भण्डारी पनि पक्राउ परेका छन्। भण्डारीलाई ४७.३४ ग्राम चरेशसहित अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

चरेशसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार