आज सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदै

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने पर्व धुमधामसँग मनाइँदै छ। विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ।

भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझ पोल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आर्चाय घनश्याम लेखकले बताए। द्वापर युगमा भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको उनले बताए।

Seti Hospital

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको लेखकले बताए।

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रही आएको छ। ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए।

बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलनसमेत रही आएको छ। ओल्के संक्रान्तिका दिन गाडिएको बुढीलाइ आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ।

पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने चलन रही आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार