बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो !

बझाङ : बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छ । गएको बिहीवारदेखि परेको पानीले तमैल बजार नजिकै तथा बालुवा टावर भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि गाडी चल्न थालेका हुन् । 

राजमार्ग खुलेपछि  जिल्लाबाट छुट्ने र जिल्लामा  भित्रिने लामो तथा छोटो दूरीका सबै गाडी चल्न थालेका जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ  ।ठूलो पहिरो खसेका कारण पहिरो पन्छ्याउन लामो समय लागेको हो । 

Dengue

तर अहिले जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । पहिरोले राष्ट्रिय प्रसारण लाईनको पोल र तारमा समेत क्षति पुगेको थियो । विद्युत सेवा भने अस्ति आइतवार बेलुकादेखि नै सञ्चालनमा आएको थियो  ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार