बाजुरामा खाली भएका गाउँबस्ती भरिँदै

धनगढी : हिउँद र बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती अहिले भरिन थालेका छन् ।

रोजगारीका लागि भारत गएका युवा दसैँतिहार मनाउन गाउँ फर्किन थालेपछि हिउँदमा खाली भएका यहाँका गाउँबस्ती अहिले भरिन थालेका हुन् ।

dashain shuvakamana
Discovery School

रोजगारी गर्न हिउँदमा भारत गएर त्यहाँबाट केही कमाइ गरी दसैँतिहार मनाउन गाउँ आएको खप्तड छेडेदह गाउँपालिकाका–१ का रामबहादुर रोकायाले बताए ।

लामो समय गाउँमै बसेर केही गरौँ भन्ने सोच छ तर यहाँ सोचे जस्तो कुनै अवसर मिल्दैन । त्यसैले दसैँमा गाउँ आए पनि फेरि घरपरिवार पाल्नकै लागि भारतमा नोकरी गर्न जान्छु ।”

बाजुराका हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकाका अधिकांश युवकयुवती रोजगारीकै लागि भारतका विभिन्न ठाउँमा जाने गरेका छन् ।

कात्तिक, मङ्सिरमा गहुँ र असारमा धान, कोदो लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि उनीहरू कामको खोजीमा नै भारतका विभिन्न ठाउँमा जाने गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार