आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा

धनगढी : आज असोज १ गते अर्थात् विश्वकर्मा पूजा । हिन्दु धर्मावलम्बीहरूले विभिन्न फलामे औजार र कलकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदै छन् ।

आज कलकारखानामा रङ्गीचङ्गी पार्नुका साथै विशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिबन तथा विभिन्न ध्वजापताका लगाएर रङ्गिन बनाइएको छ ।

Dengue

गाडी मर्मत सम्भार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फ्याक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् ।

यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्त्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।

महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रूपमा लिने गर्दछन् । शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्य लोक र स्वर्ग लोक गरी तीनै लोकको निर्माण गरेका थिए ।

उनले सत्य युगमा स्वर्ग लोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ । सृजनात्मक कर्म गर्नेलाई मूल विश्वकर्मा मानिने हुँदा विश्वकर्माको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा दिनुका साथै काममा आउने बाधाअड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास गरिन्छ । विश्वकर्माको पूजा गर्दा वर्षभरि मेसिनरी औजारको प्रयोगका क्रममा चोटपटक नलाग्ने तथा दुर्घटना नहुने धार्मिक विश्वास रहेको पाइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार