फोहोर र छाडा पशु चौपायाले अत्तरिया बसपार्क कुरुप बन्दै

कैलाली : कैलालीको गोदावरी नगरपालिकाको मातहतमा रहेको अत्तरिया बसपार्कमा जताततै थुप्रिएको फोहोर र छाडा पशु चौपायले बसपार्क कुरूप बनेको छ ।

६ बर्ष अगाडी क्षेत्रीय बसपार्कको अवधारण सहित अगाडी बढेको बसपार्क १ बर्ष अगाडी मात्रै गोदावरी नगरपालिकाले आफ्नो मातहत ल्याईएको हो । नगरपालिकाको मातहतमा ल्याएपनि नगरपालिकाले बसपार्कको नियमित व्यवस्थापनमा ध्यान दिन सकेको छैन ।

Dengue

सुदुरपश्चिम प्रदेशका ७ पाहाडी जिल्ला जाने यात्रुले सोहि बसपार्क पसेरै जानुपर्ने  बाध्यता छ । यसरी ७ जिल्लाको गन्तव्य बनेको बसपार्क नै फोहोरले भरिदाँ यात्रुहरुले नाक  च्यापेरै बस कुर्नु परेको अवस्था छ । यात्राका लागी बसपार्क पुगेका दानसिंह चैसिरले भने एक दशक भन्दा बढी भईसक्यो यो बसपार्कबाट यात्र गर्ने लागेको अझै पनि केहि सुधार भएको छैन ।

जताततै फोहोर र छाडा पशु चौपायले गर्दा यात्रुलाई सकस भएको छ । बसपार्कबाट पहाडी ७ जिल्लामा मात्रै नभई देशका धेरै ठाउंबाट यात्रुले यात्रा गर्नु पर्छ । तर बसपार्कमा फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै गएको बसपार्कममा यात्रुलाई एक मिनेट पनि कुर्न गाह्रो हुन्छ ।

कृष्ण जेठारा भने यतिका वर्ष हुदा पनि न त बसपार्क फेरीयो न त सफा नै भयो, पहिलो र अहिले कुनै अन्तर देखिएन । बसपार्क व्यवस्थित बनाई दिए हामिलाई पनि सहज हुने थियो ।

बर्षयाममा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने गर्दछ ।जसले गर्दा वरपरिको वातावरण दुर्गन्धित हुन्छ । सुन्दरताको मुख्य ठाउं भनेकै बसपार्क हो । त्यसैले नगरको  सुन्दरता बचाई राख्न र यात्रुलाई सहज गर्न बसपार्कको सरसफाई, व्यवस्थापन र सुन्दरतामा स्थानिय सरकारको ध्यान जाओस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार