नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा ताला

सिमकोट : नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा ताला लगाइएको छ। शनिबार बेलुका नेपाल पत्रकार महासंघले सार्वजनिक गरेका सदस्यता विवरणमा प्रेस चौतारी नेपालको हुम्ला शाखाका सदस्यहरूको नाम छुटेको भन्दै महासंघको कार्यालयमा ताला लगाएको हो।

आफ्ना चार जना सदस्यको नाम छुटेको भन्दै महासंघ हुम्ला शाखाको कार्यालयमा ताला लगाइएको प्रेस चौतारी नेपालका हुम्लाका सचिव दाने बोहराले बताए।

Dengue

उनले पत्रकार महासंघ हुम्ला शाखाले एक जनाको नवीकरण र तीन जनाको नयाँ सदस्य प्रदानका लागि सिफारिस गरेकोमा ती चारै जनाको सार्वजनिक भएको नामावलीमा छुटाएको भन्दै कार्यालयमा ताला लगाइएको बताए।

यसअघि महासंघ हुम्लाबाट ३२ जना पुराना सदस्यको नाम नवीकरणका लागि सिफारिस गरेको थियो भने ११ जनाको नाम नयाँ सदस्यका लागि सिफारिस गरेको थियो। हाल महासंघ केन्द्रले हुम्ला शाखाका लागि ४१ जनाको नाम सार्वजनिक गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार