मौसममा आएको परिवर्तनसँगै बढे भाइरल ज्वरोका बिरामीहरु

बैतडी : बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीहरु बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

अहिले उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका जिल्ला अस्पताल बैतडीमा कार्यरत अहेव देवसिंह रावलले बताए । उनले सबैभन्दा बढी भाइरल ज्वरोका र त्यसपछि टाइफाइड, श्वासप्रश्वास लगायतको समस्या भएका बिरामी आउने गरेका बताए ।

Dengue

जिल्ला अस्पतालमा दैनिक ३० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी पुग्ने गरेका उनले बताए । पछिल्लो समय जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरु पनि फेला परिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार