नबिल बैंकद्वारा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : नबिल बैंक लिमिटेडले ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। उक्त शेयर विद्यमान संस्थापक शेयरधनी लगायत सर्वसाधारण वा संघसंस्थाहरूले पनि किन्न पाउँछन् ।

नबिल बैंकले प्रतिकित्ता ३०७ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ ।शेयर खरीद गर्न आवेदन दिँदा घटीमा १ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिन्छ । बैंकले सो शेयर असोज २ गतेदेखि बिक्री खुला गर्ने जनाएको छ ।

Dengue

शेयर किन्न इच्छुक लगानीकर्ताहरूले तोकिएका शर्तको अधीनमा रही काठमाडौंको कमलपोखरीस्थित लक्ष्मी सनराईज क्यापिटल लिमिटेडमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र असोज १६ गते अपरान्ह ३ बजेसम्म पेश गर्न सकिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार