खुटिया नदीमा निर्माण गरिएको पुल अहिले बेकामे

कैलाली : कैलालीको भल्का स्थित खुटिया नदीमा निर्माण गरिएको पुल अहिले बेकामे बनेको छ । पुलको उत्तरपट्टिको पहुँच मार्ग भत्काएर पुल पारी नदी बगेर कटान गरेपछि पुल अहिले प्रयोग गर्न नमिल्ने बनेको हो ।

यो पुलले गोदावरी नगरपालिका  ९ का बल्मी, राजीफाँटालाई सेहरी सँग जोडेको थियो । वडा कार्यालय नै सेहरीमा भएकाले बल्मी र राजीफाँटाका स्थानीय यही पुल भएर आवतजावत गर्दै आएका थिए भने सेहरीबाट घाँस दाउरा गर्न पनि यही पुलको बाटो प्रयोग गरिँदै आएको थियो । तर, अविरल वर्षा सँगै खुटिया नदीमा आएको बाढीले नदी पुरानै धारमा फर्किएपछि पुल बेकामे बनेको छ ।

Dengue

“अहिले पुल भएको ठाउँमा त पहिले चौर थियो  केही वर्ष अघि नदी यता मोडिएको थियो । अहिले पुनः पुरानै स्थानतर्फ मोडिएको छ ।” उनले पहिले भल्का (पर्यटकीय स्थल) छेउ भएर नदी बग्ने गरेको  स्थानीय जगत राम रानाले बताए ।

नदी दक्षिणतर्फ मोडिएको समयमा पुल बनाइएकोमा अहिले नदी उत्तरतर्फ मोडिदा अहिले तटबन्ध गरेर समेत पुल जोगाउन सकिने अवस्था नरहेको वडा अध्यक्ष रामलाल रानाले बताए । उनले अब तटबन्ध गर्नु भन्दा उत्तर तर्फ पुल थप्नु उत्तम विकल्प हुने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार