आयोजक आफैँ ‘गुण्डा’ बनेपछि भाँडियो एएमसी कप, आयोजककै केटाहरुले खेलाडि कुटेको आरोप !

धनगढी । धनगढीमा चलिरहेको  दोस्रो ऐश्वर्य कप (एएमसी) मा आयोजकले नै लफडा गरेपछि खेल भाँडिएको छ । खेलको अन्तिम दिन अर्थात फाइनल खेलमा बझाङ्ग र अछामका खेलाडीबीच भएको विवाद मिलाउनुको सट्टा आयोजकले उल्टै लफडा गरेपछि खेल भाँडिएको हो ।

खेल भाँडिनुको मुख्य दोषी स्वयम् आयोजक नै भएको त्रिवेणी आदर्श बहुमुखी क्याम्पस बझाङ्ग टिमका क्याप्टेन महेश खत्रीले बताएका छन् ।

Dengue

खत्रीका अनुसार खेलाडीबीच भएको सामान्य विवाद मिलाउनुको साटो आयोजक ऐश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति कुबेर खड्काको नेतृत्वमा आएको जत्थाले खाना खाने बेलामै धनगढीको अपि शैपाल थकालीमा आएर खेलाडिमाथि कुटपिट गरेका थिए ।

आयोजककै केटाहरुबाट भएको कुटपिटबाट बझाङ्ग टिमबाट खेलेका सुरेन्द्र भाट गम्भीर घाइते भएका छन् । हाल उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको टिम क्याप्टेन खत्रीले जानकारी दिएका छन् ।

आफ्ना खेलाडिमाथि आयोजकबाटै दुर्व्यवहार भएपछि बझाङ्ग टिमले पत्रकार सम्मेलन नै गरेर उक्त दुर्व्यवहारप्रति घोर आपत्ति जनाएको छ । उनीहरुले आफैँ आयोजक भएर, आफैँले यो हदसम्मको अकर्मण्यता देखाउनु र सम्मान गर्नुपर्ने बेला खेलाडिमाथि कुटपिट गर्नु निन्दनीय काम भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

यता आफ्ना खेलाडिमाथि आयोजकबाटै कुटपिट भएपछी उक्त घटनाबारे उजुरी दिन प्रहरीमा जाँदा पनि प्रहरीले उजुरी लिन नमानेको बझाङ्ग टिमले आरोप लगाएको छ ।

आयोजक क्याम्पसकै विद्यार्थीको दादागिरीका कारण दुइ पक्षबीच भएको झगडामा अपि शैपाल थकालीमा भौतिक क्षतिसमेत भएको छ । एक्कासि लफडा सुरु भएपछी कतिपयले त खाना/खाजा खाएको पैसा नै नदिएको थकालीका संचालकले जनाएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%

खुसी

57%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

सम्बन्धित समाचार