६० औँ बाल दिवसको अवसरमा ऐश्वर्या विद्या निकेतनका विद्यार्थीहरूले गरे पाठ्य सामग्री वितरण

अनिता धामी

धनगढी : ऐश्वर्य विद्या निकेतन कक्षा ११-१२का विद्यार्थीहरुले ६०औं बाल दिवस श्री निङ्लासैनी गुरुकुल संस्कृत विद्यापीठका विद्यार्थीहरु सग मिलेर भव्यता पुर्वक मनाएकाछन्।

उक्त अवसरमा ऐश्वर्य विद्या निकेतनका विद्यार्थीहरुले करीब ८०००/- बराबरको पठनपाठन तथा खाद्य सामग्री विद्यापीठका विद्यार्थीहरुलाइ सहयोग स्वरुप हस्तान्तरण गरेका थिए। कार्यक्रममा स्वस्तीवाचन, मंगलाचरण का साथै डेउडा नाच समेत प्रस्तुत गरिएको थियो।

SHIKHAR COOL TECH

ऐश्वर्य विद्या निकेतनले सुदूपश्चिम देउडा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको विद्यालय स्तरीय देउडा प्रतियोगितामा ऐश्वर्या विद्या निकेतनले प्रथम स्थान हासिल गरेका थिए। उक्त प्रतियोगिताबाट जितेको केही रकम र ऐश्वर्या विद्या निकेतन युवा जुनियर रेड क्रस सर्कलबाट केही रकम संकलन गरी निगलासैनी गुरुकुल संस्कृत विद्यापीठमा पाठ्य सामग्रीहरु र खाद्यान्न वितरण गरेका छन्।

अर्जुन देउवा सहितको विधार्थी को समूह र युवा रेड्क्रसका सभापति दीपक औजिको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विद्यालय तर्फबाट संयोजक ओम प्रकाश पाण्डेय, शिक्षिका तुलशी शर्माका साथै गुरूकुलका प्रधानाध्यापक चेतराज अवस्थी तथा अन्य गुरूज्यु हरु को उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार