नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पुरै प्यानल विजयी

दैलेख : नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ । चारवटा विभिन्न विद्यार्थी संगठनका गठबन्धनलाई परास्त गर्दै अनेरास्ववियुको पुरै प्यानल नै विजयी भएको हो ।

एमालेनिकट अनेरास्ववियुका उम्मेदवार हिमबहादुर बस्नेत सभापतिमा विजयी भएका छन् । उनले नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भए ।

Dengue

यस्तै अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरे । सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी पराजित भए ।

कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले एक सय ७२ मत प्राप्त गर्दा पाण्डेले एक सय ४१ मत प्राप्त गरी पराजित भए ।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियुले स्ववियुमा वर्चस्व जमाएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार