संसद् बैठकअघि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

आइतवार बिहान ११ बजेपछि सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक र सचेतकसँग सभामुख घिमिरेले छलफल गर्नेछन् ।

Dengue

यो अनौपचारिक छलफल रहेको संसद सचिवालय स्रोतले जनाएको छ । 

एमाले सांसद योगेश भट्टराईले संसदमा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो ।

माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिँदै आएको छ । आइतवारको बैठक पनि अवरोध गर्ने सम्भावना रहेकाले सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार