सामाजिक सञ्जालबाट एकाएक गायब भए क्रिकेटर सन्दीप लामिछाने

काठमार्डौँ : क्रिकेटर सन्दीप लामिछाने फेसबुक पेज, इन्स्टाग्राम र एक्स (ट्वीटर) बाट एकाएक गायब भएका छन् ।

शनिबार राति लामिछानेको सबै प्लेटफर्मबाट गायब भएका हुन् । गुगलमा इन्डेक्स भएका उनका अकाउन्टहरू सम्बन्धित सामाजिक सञ्जालका प्लेटफर्मबाट भने हटेका छन् ।

Dengue

अकाउन्टमा समस्या आएको हो वा उनी आफै गायब भएका हुन् भन्ने विषय अहिलेसम्म बाहिरिएको छैन ।  लामिछानेको फेसबुकमा ११ लाख, इन्स्टामा तीन लाख ३७ हजार र एक्समा दुई लाख ६६ हजार बढी फलोअर थिए । लामिछानेको एक लाख पाँच हजार बढी सब्स्क्राइबर भएको युट्युब च्यानल भने यथावत छ । 

सामाजिक सञ्जालबाट लामिछाने एकाएक किन गायब भए भन्ने विषयले चौतर्फी चर्चा पाइरहेको छ । यसैको परिणाम लामिछाने फेसबुक र एक्समा ट्रेन्डिङमा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार