सधैँ डुब्ने बिशालनगरबासी यसपाली पनि डुबे, भन्छन- ‘अझै कति डुब्नुपर्ने हो ?’

भक्तराज जोशी

धनगढी । लगातारको वर्षाका कारण अहिले धनगढीको विशालनगर क्षेत्र डुबानमा परेको छ । हरेक वर्ष डुबानको समस्या झेल्दै आएका बिशालनगरबासी यसपाली पनि डुबानको समस्याबाट अछुतो रहेनन् ।

बरु यसवर्ष डुबानको समस्या झनै विकराल बनेको  धनगढी-३ बिशालनगरका एक स्थानीयले बताएका छन । उनले डुबानका कारण भएको आफ्नो सानो किराना पसल भित्र पनि पानी पसेकोले व्यापार चौपट भएको बताएका छन् ।हरेक वर्ष यही समस्या दोहोरिदा पनि स्थानिय सरकारले समस्या समाधान नगरेको भन्दै डुबानको समस्याको दिर्गकालीन समाधान खोज्न माग गरेका छन् ।

Dengue

साथै उनले भोट माग्ने बेलामा घर घरमै आउने जनप्रतिनिधि पसल, घर, बस्ति सबै डुब्दा पनि नआएको भन्दै दुखेसो पोखेका छन् ।    

डुबानका कारण स्थानीय, व्यापार गर्ने व्यवसायी मात्र होइन, स्कुल जाने विद्यार्थी र बालबालिका पनि मर्कामा परेका छन् । डुबानका कारण विद्यालय आउन जाने समस्या भएको नेपाल पुलिस स्कुलमा अध्यनरत छात्रा अपेक्षा पन्तले बताइन । उनले पानीको उचित निकास गरेर डुबान हुनबाट बस्ति र विद्यालय जोगाउन माग गरेकी छिन ।

‘डुबानले साह्रै समस्या पारेको छ, स्कुल आउँदा जुत्ता खोलेर आउनुपर्छ, साइकल चलाउन सकिंदैन’, उनले भनिन, ‘ठाउँठाउँमा होम पाइप राखेर, नालिहरु बेलाबेलामा सफा गरेर र पानी निकासको व्यवस्था गर्नुपर्छ ।’ साथै उनले हरेक वर्ष यस्तै हुने भन्दै अझै कहिलेसम्म यस्तो सास्ती भोग्नुपर्ने हो भन्दै गुनासो समेत गरेकी छिन । 

यता नेपाल पुलिस स्कुलका सह-प्रधानाध्यापक मनिराज पाण्डेले पनि डुबानका कारण विद्यालयको पढाइमा नै समस्या भएको बताएका छन् । पानीको उचित निकास नहुँदा हरेक वर्ष अलिकति धेरै पानी पर्नासाथ विद्यालय क्षेत्र डुबानमा पर्ने उनले बताएका छन । तर, समस्याका बारेमा सबै जानकार हुँदाहुँदै पनि समाधानका लागि कसैले पहल नगरेको उनको गुनासो छ ।

‘यो डुबानको समस्याबारे सबैलाई थाहा छ । हाम्रो संगठनलाई थाहा छ, पालिकालाई थाहा छ र सिडियोलाइ पनि थाहा छ’, उनले भने, ‘तर समस्या समाधानका लागि पहल भने भएको छैन । जबसम्म पानीको उचित निकास हुँदैन तबसम्म डुबानको समस्या समाधान हुँदैन ।’

त्यस्तै उनले डुबानकै कारण एलकेजीको पढाइ रोक्न परेको भन्दै यो समस्या समाधानतर्फ ध्यान दिन नगरपालिका र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।    

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार